देश विदेश

शौच गर्न गएकी बालिकालाई अपहरण गरी सामूहिक बलात्कार

शेयर गर्नुहोस्

राति शौच गर्न निस्केकी जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् ।  

आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भागेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’ घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् ।

त्यस समयमा दुवैजनाले एकअर्काको नाम लिँदा याद गरेको बताउँदै बालिकाले भनिन्, ‘दीपेश यादव र अजय धोबियाले जबर्जस्ती गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’ अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए । ‘

प्रकाशित: २९ माघ २०७७ ०६:५० बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *