देश विदेश

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

शेयर गर्नुहोस्

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उनले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरेका हुन्।

ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए।

लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन्।

त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत धेरै बन्द गरिएको छ। ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो।

लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन्।

श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *