देश विदेश

जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ

शेयर गर्नुहोस्

माघ २९, बझाङ । जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ ।

सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ । ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पु¥याउनका लागि गाडी नअटाउने भएकाले झोलुङ्गे पुल हटाउनुपर्ने र्निमाण कम्पनीले जानकारी दिएको छ ।

सेती नदी पारी रहेका स्थानीय तहलाई जोड्ने गरी २०७३ साल नै निर्माण सम्पन्न हुनेगरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो । लागत अनुमान नै त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेपछि गत वर्ष लागत परिवर्तन गरी पुनः बोलपत्र आह्वान भई निर्माण कार्य शुरु भएको थियो । झण्डै रु आठ करोडको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाइको पानकोट पुल यसै वर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनले काम अघि बढाएको थियो ।

मोटरेवल पुलसँगै रहेको झोलुङ्गे पुल नगरपालिकाले हटाउनमा कुनै चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रर्तिनिधि कपिल राइले जानकारी दिनुभयो । उहाँले ै झोलुङ्गे पुलका कारण सामान ढुवानी गर्न नसकिएको बताउनुभयो । नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुङगे पुल नहटाइ काम गर्न सकिने अवस्था छैन ।

“पुलको सबै काम सकिएको र अब ढलानको काम मात्र बाँकी छ । पुलमा ढलान गर्नलाई झोलुङ्गे पुलले बाधा गरेका कारण आवश्यक साम्रगी पुलमा पु¥याउन सकिएको छैन । पुल नहटाएसम्म पुलको निर्माण सकिदँैन । ” उहाँलले बताउनुभयो ।

जयपृथ्वी नगर प्रमुख वीरेन्द्रबहादुर खड्काले ठेकदार कम्पनीका प्रतिनिधिसँग निमार्णस्थलमै गएर हटाइदिने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “झोलुङ्गे पुलका कारण निमार्णकार्यमा असहज भयो हामीले हटाउदा स्थानीयवासीले काममा असहज गर्लान भन्ने डर छ । तपाईले झोलुङ्गे पुल हटाउनुपर्ने हो भनेर मसँग अनुरोध गरेको हो ।”

क्रस मोटरेवल पुल निमार्ण सम्पन्न पश्चात् पानकोट पुल सेती नदीमा बनेकोे पहिलो हुनेछ । यस पुल बनेपछि बझाङको सेतीपारिका साइपाल, तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकावासीले यातायातको सुविधा पाउनेछन् । पुल निमार्णको काम अन्तिम चरणमा पुगेपछि पुल बन्ने आशा पलाएको स्थानीयवासी नरेन्द्र उपाध्यायले बताउनुभयो ।

उहाँले सेतीपारीका स्थानीय तहमा सडक सञ्जालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन बारपार गर्न सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठे पुल राखेर यातायातका साधनले ओहोरदोहोर गर्दथे । गतजेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *