देश विदेश

रुरु जलविद्युतको आइपीओ निष्कासन फागुन ७ गतेदेखि

शेयर गर्नुहोस्

माघ २९, काठमाडौं । रूरू जलविद्युत् परियोजनाले फागुन ७ गतेदेखि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी गर्ने लागेको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता आइपीओ आयोजना प्रभावित गुल्मी जिल्ला स्थानीयका लागि जारी गर्न लागेको हो ।

कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर कम्पनीले आयोजना प्रभावित स्थानीय लागि प्रतिसेयर १०० रुपैयाँ अंकित ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ ।

जसमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख किता सम्मका लागि आवेदन दिन पाउने छन् । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २० रुपैयाँ प्रिमियम थप गरी १० प्रतिशत अर्थात् ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन ७ गतेदेखि स्थानीयका लागि जारी गर्ने सो आइपीओमा छिटोमा फागुन २१ गते र छिटोमा चैत ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । इच्छुक स्थानीय लगानीकर्ताले गुल्मीका शाइन रेसुङ्ग डेभलपमेन्ट गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयबाट आवेदन दिन सक्ने उल्लेख गरिएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई आईपीओ निष्कासनका लागि निष्काशन इक्रा नेपालले ग्रेड–३ रेटिङ दिएको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलल रहेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *