नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनाजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तथाकथित राष्ट्रपतिको बारेमा गलत बोलेको नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्राउ गर्न आदेशदिए हामीले रोक्न बल गर्यौँ । तर आज कमरेड रामकुमारी झाँक्रीलाई जर्बजस्ती पक्राउ गरिएको छ’, उनले भने ।
प्रचण्डले आफूहरुले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि नेतृ झाँक्रीलाई जबर्जस्ती पक्राउ गरेको बताए। ‘जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचार राख्ने काम गर्याे , विचार र लोकतन्त्रमाथि ताला चावी लगाउने काम भइरहेको छ’, उनले भने ।
प्रकाशित: २९ माघ २०७७ १६:०८ बिहीबार
श्रोत: नागरिक