देश विदेश

कोरोनाभाइरसः चमेराविज्ञ वैज्ञानिकले फेला पारे नयाँ प्रमाण, एसिया खतरामा

शेयर गर्नुहोस्

काठमाडौं। अहिले महामारी फैलाइरहेको भाइरस सार्स सिओभी–२ सँग सम्बन्धित भाइरस एसियाका कैयौं भागहरुमा चमेराहरुमा फैलिइरहेको फेला पारेका छन् । वैज्ञानिकहरुले एउटा यस्तो भाइरस पत्ता लगाएका छन् जु कोभिड–१९ महामारी फैलाउने भाइरससँग धेरै हदसम्म मिल्दो छ र यो भाइरस पूर्वी थाइल्याण्डको एक वन्यजन्तु आरक्षमा रहेका चमेराहरुमा भेटिएको छ । र, वैज्ञानिकहरुले यस्तै कोरोनाभाइरस कैयौं एसियाली क्षेत्रमा रहेका चमेराहरुमा पनि भएको पूर्वानुमान गरेका छन् ।

बीबीसीको रिपोर्टअनुसार यो भाइरस ४ हजार ८ सय वर्ग किलोमिटरको दायरामा रहेका चमेराहरुमा भेटिएको छ । यसले कोभिड–१९ कसरी उत्पन्न भयो भन्ने कुराको पनि संकेत गरेको छ । अनुसन्धानकर्ताहरुका अनुसार नमूना सीमित छन् तर वैज्ञानिकहरु सार्स सीओभी–२ सँग उच्च तहमा जेनेटिक समानता भएको कोरोनाभाइरस एसियाका कैयौं क्षेत्रहरुमा विद्यमान रहेको कुरामा विश्वस्त छन् ।

जापान, चीन थाइल्याण्ड लगायतका देशहरुमा यो भाइरस रहेको नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित शोधपत्रमा वैज्ञानिकहरुले बताएका छन् । विगतका अध्ययनहरुले पनि सार्स सिओभी–२ मानिसमा आउनुभन्दा पहिले जनावरमा उत्पन्न भएको देखाएका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *