देश विदेश

भिजिट भिसाबारे गगन थापाको टिप्पणी : सरकारको उल्टो गति उल्टै मति

शेयर गर्नुहोस्

माघ २९, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकारको उल्टो गति उल्टै मति भएको बताएका छन् । उनले बिहिबार सामाजिक संजालमार्फत सरकारले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी ध्यागमन कार्यविधि संसोधन गर्न लागेको प्रति यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोजेको बताएका छन् । सरकारले गर्नुपर्ने काम नगर्ने र आफ्नो क्षमताको धाकचोप गर्न नगर्नुपर्ने काम गरेको बताएका छन् ।

‘अध्यागमनको संयन्र बलियो बनाउन,क्षमता बढाउन,अभिलेखिकरण चुस्त राख्न,नागरिकको सुरक्षा गर्न सरकारले गर्नैपर्ने काम नगर्ने! उल्टो आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोज्ने? यस्तो घृणित सोच ! सरकारको उल्टो गति उल्टै मति ‘ थापाले भने ।

अध्यागमन विभागले भिजिट भिसामा ४० बर्ष भन्दा कम उमेरका महिलाहरु विदेश जाँदा परिवारको सहमति र पालिकाको सिफारिस अनिवार्य चाहिने गरी अध्यागमन कार्यविधि संसोधनका लागि गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *