देश विदेश

मोरङमा ज्वाइँले गरे सासुको हत्या

शेयर गर्नुहोस्

मोरङको जहदा गाउँपालिकाकी एक महिलाको हत्या आरोपमा ज्वाइँलाई पक्राउ गरेको छ । बुधबार बिहान करिब साढे ६ बजेतिर ज्वाइँले सासुलाई धारिलो हतियार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद भएपछि झापा गौरीगञ्ज–१ घर भएका २७ वर्षीय ज्वाइँ प्रेमलाल सरबरीयाले सासुलाई हतियार प्रहार गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

‘घरायसी कुरामा विवाद हुँदा ज्वाइँ प्रेमलालले सासुलाई हतियार ‘दाउ’प्रहार गरे,’ प्रवक्ता राईले भने, ‘हतियार प्रहारपछि घाइते भएकी सासुको उपचारका क्रममा दिउँसो ३ बजेतिर कोसी अस्पतालमा मृत्यु भएको हो ।’ ५५ वर्षीय सासु जोखनीदेवी सरबरीयाको हत्या आरोपमा पक्राउ परेको प्रेमलाललाई ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: २९ माघ २०७७ १८:११ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *