देश विदेश

रामकुमारी झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग

शेयर गर्नुहोस्

काठमाडौं । प्रहरी हिरासतमा रहेकी प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न नेपाली कांग्रसले माग गरेको छ ।

कांग्रेसले बिहीबार विज्ञिप्ती जारी गरी राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी झाँक्रीलाई रिहाईको माग गर्दै संयम अभिव्यक्तिका लागि सबैलाई आग्रह समेत गरेको छ।

‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ । नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’ विज्ञिप्तीमा भनिएको छ।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *