देश विदेश

‘खोपले मात्रै जनजीवन सामान्य बनाउँछ’

शेयर गर्नुहोस्

हरारे । जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताएका छन् । उनले बिहीबार भने, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश नागरिकलाई खोप लगाउनु आवश्यक छ ।”

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले चीन र रूसको सहकार्यमा सवै नागरिकलाई खोप लगाउने तयारी भइरहेको पनि जानकारी दिए ।“जिम्बाबेका जनताका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेकोमा चीन र रूसलाई धन्यवाद दिन चाहन्छु,” ट्वीटरमा लेखिएको छ ।

चिनियाँ खोप निःशुल्क पाउने अफ्रिकी मुलुकहरुको सूचीमा जिम्बाबे तेस्रो क्रममा परेको छ । चीनले जिम्बाबेलाई पहिलो चरणमा सिनो फार्मको दुई लाख खोप दिन लागेको हो । खोप यही फेब्रुअरी १५ सम्ममा जिम्बाबेमा ल्याइसकिने अनुमान गरिएको छ ।

एक करोड ६० लाख जनसङ्ख्या रहेको यस अफ्रिकी मुलुकलाई चीनसहित रुस र भारतले समेत कोरोनाविरुद्धको खोप सहयोग गरेका छन् । जिम्बाबेमा कोरोनाभाइरसबाट अहिलेसम्म ३४ हजार ८६४ जना सङ्क्रमित भएका छन् भने एक हजार ३६४ जनाको मृत्यु भएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *