देश विदेश

आजदेखि महिला लघुवित्तको आइपीओ निष्कासन, कति दिने आवेदन ?

शेयर गर्नुहोस्

माघ ३०, काठमाडौं । आज देखि महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण सेयर (आइपीओ)को विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरमध्ये ०.५ प्रतिशत सेयर अर्थात ५ हजार कित्ता सयर कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधरणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । संस्थाको आइपीओ माघ ३० गतेदेखि खुला भइ छिटोमा फागुन ५ गते र ढिलोमा फागुन १४ गते बन्द हुनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आइपीओ १० कित्ताका दरले ३७ हजार ५ सयले मात्रै पाउनेछन् । त्यसैले १० कित्ताका लागि मात्रै आवेदन दिँदा पर्याप्त हुनेछ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *