देश विदेश

सनको मूल्य शुक्रबार पनि घट्यो

शेयर गर्नुहोस्

काठमाडौं। साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो। योसँगै शुक्रबार छापावाला सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै शुक्रबार तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहिबार पनि सुन तोलामा ४ सय रुपैयाँ घटेको थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। बिहीबार भने तोलामा २५ रुपैयाँ घटेर चाँदी १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *