देश विदेश

प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार दिल्ली गएका छन्। नेता खनाल आफ्नो स्वास्थ्य उपचारका लागि आज बिहान साढे ११ बजे दिल्लीतर्फ प्रस्थान गरेका हुन्। उनी शरीर काँप्ने रोगको उपचारका लागि दिल्ली गएका हुन्।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालका अनुसार दिल्ली रहँदा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छैन। ‘उहाँको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार हुनेछ,’ नेता रिजालले नागरिकसँग भने,‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जानुभएको हो। राजनीतिक भेटघाटको कुनै कार्यक्रम छैन।’

नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला नेता खनाल आफ्नो स्वास्थ्य उपचारका दिल्ली जान लागेका हुन्।

खनाल आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *