देश विदेश

विश्वकप लिग–२ अन्तर्गत नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्थगित

शेयर गर्नुहोस्

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ ।

कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टीनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले जनाएको छ ।

ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो । यस्तै आईसीसीले अप्रिल र मेमा तय भएको पीएनजी, ओमान र स्कटल्याण्ड तथा पीएनजी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ ।

सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण समेत सुरु गरिसकेको थियो । मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी सुरु गरेको हो । अब दोस्रो चरणको प्रशिक्षण शनिबारबाट सुरु हुनेछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *