देश विदेश

रसुवागढी हाइड्रोपावरलाई ६ लाख ६१ हजार रुपैयाँ नाफा

शेयर गर्नुहोस्

रसुवागढी हाइड्रोपावर कम्पनीलाई चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा ६ लाख ६१ हजार रुपैयाँ खुद नाफा भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा घाटा बेहोरेको कम्पनीले यस पटक भने नाफा कमाएको हो ।

अघिल्लो वर्ष यही अवधिमा २ करोड १० लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । कम्पनीका अनुसार यसपटक पनि दोस्रो त्रैमासमा सञ्चालन घाटा भएको छ । तर अन्य स्रोतबाट आम्दानी बढेपछि खुद नाफा देखिएको हो ।

गत पुससम्ममा कम्पनी १ करोड ४० लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष पनि कम्पनी २ करोड ६३ लाख सञ्चालन घाटामा रहेको थियो । अन्य स्रोतबाट १ करोड ४७ लाख रुपैयाँ आम्दानी भएका कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रहेको छ । त्यसैगरी जगेडा कोष २० करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ७३ रुपैयाँ छ । कम्पनीले अहिले रसुवामा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले पछिल्लो समय कामलाई तिब्रता दिएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *