देश विदेश

भगिरथीका बलात्कारीलाई तत्काल कारवाहीको दायरामा ल्याउन महिला आयोगको माग

शेयर गर्नुहोस्

काठमाडौं। राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षिया किशोरी भगिरथी भट्टको बलात्कार गरि हत्यामा संलग्न अपराधीलाई तत्काल कारवाहीको दायरामा ल्याउन अपिल गरेको छ। आयेगले यो घटना अत्यन्त निन्दनीय, दुखद् भएको जनाउँदै घटनाको घोर भत्सर्ना गरेको छ।

शुक्रबार आयोगको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगकी अध्यक्ष कमला पराजुलीले घटनाको सत्य तथ्य छानवीन गरी दोषीलाई तत्काल कारवाहीको कठघेरामा ल्याउन माग गरेकी हुन्। उनले यो घटना निन्दनीय र दुखद भएको बताउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय अधिकार तथा नियम कानुनको हनन् भएको बताइन्। महिला हिंसा न्यूनिकरण गर्न शून्य सहनसिलता समाजले स्वीकार गर्नुपर्ने उनको भनाई छ।

आयेगले सरकारले घटनाको छानविनका लागि चालेका कदम सराहनिय रहेको बताउँदै पिडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लािग सरकारसँग माग गरेको छ। आयोगले मानसिकरुपमा विक्षिप्त रहेकी पीडितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ।

लामो समय करिव तीन वर्ष पछि पूर्णता पाएको महिला आयोगका तर्फबाट आयोजित पहिलो पत्रकार सम्मेलनमार्फत आयोगकी अध्यक्ष परजुलीले महिला हिंसा न्यूनिकरणमा आयोग दिर्घकालीन योजना बनाउन लागेको बताइन्। उनले भनिन्, “लामो समय महिला आयोगले नेतृत्व पाएन् त्यसले पनि महिला हिंसामा डढेलो बढाउने काम गर्यो। ढिलै भएपनि आयोगले नेतृत्व पाएको छ। अब हामी महिला हिंसा नियन्त्रण गर्न दिर्घकालिन योजना बनाउँदै छौँ। यसको लागि सय दिन जति समय आवश्यक छ।”

यसअघि, बैतडी दोगडाकेदार ७ की भगिरथी भट्टको गत माघ २१ गते बलात्कार पछि र्ददनाक हत्या भएको थियो। स्कुल गएकी भट्ट माघ २१ गते दिउसोबाट हराएकी थिइन्। उनको सव भने २२ गते मृत अवस्थामा फेला परेको थियो। त्यसपछि २९ गते आएको पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको पुष्टि भएको थियो।

तर, हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन्। केही समय अघिमात्रै उनका बुबाको मृत्यु भएको, दाई रोजगारीको शिलशिलामा विदेश भारतमा रहेको र घरमा पतिशोकमा परेकी एक्ली आमा मात्रै भएको अवस्थामा यस्तो घटना भएको थियो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *