देश विदेश

आज फागुन १ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

शेयर गर्नुहोस्

आज वि.सं. २०७७ साल फागुन १ गते, शनिवार । सन् २०२१ फेब्रुवरी १३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । द्वितीया तिथी । चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ र सूर्यास्त ५ः५२ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहोहुनेछ । नयाँ काममा फाईदा मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ जिम्मेवारी थपिनेछ । सरकारी काम बन्नेछ । रोजगारकोबाटो देखिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ ।स्थान परिवर्तन हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बाचामा धोका हुनेछ । अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वैवाहिक कुराले प्रशय पाउनेछ । प्रेममा खुशी बढ्नेछ । व्यावसायिक तनाव हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आफन्तमा मनमुटाब हुनछ । स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कला संगीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ ।कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । मौसमी बिसञ्चोपना देखिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाईको सहयोगहुनेछ । काममा व्यस्तता बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभावपार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाइसँग मनोरन्जनमा धन खर्च हेुनेछ । हतारमा कामबिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायकाक्षति बेहोर्नुपर्नेछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *