देश विदेश

भागरथीको हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग

शेयर गर्नुहोस्

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्गौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् । उनले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई तत्काल पक्राउ गर्न आग्रह गरेकी हुन् ।

देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहीका लागि निर्देशन गर्न अनुरोधसमेत गरेकी छन् ।

डा.सङ्ग्रौलाले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रहसमेत गरेकी छन् । रासस

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *