देश विदेश

टिकटक स्टारले १८ वर्षकै उमेरमा किन गरिन् आत्महत्या ? अन्तिम पोस्टमा के भनेकी छिन् ?

शेयर गर्नुहोस्

काठमाडौं। टिकटक स्टार डेझरिया क्विन्ट नोयस अर्थात डेझरियाले सोमबार आत्महत्या गरेकी छिन् । यी अमेरिकी टिकटक स्टार १८ वर्षकी थिइन् । डेझरिया डी को नामले चर्चित थिइन् । आत्महत्या गर्नुभन्दा पहिले उनले इन्स्टाग्राम स्टोरी शेयर गरेर त्यसलाई आफ्नो अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याम्पसमा उनले लेखेकी थिइन् ‘ओके मलाई थाहा छ म तपाइँ सबैलाई दिक्क पारिरहेकी छु । यो मेरो अन्तिम पोस्ट हो ।’

डेलीमेलको रिपोर्टअनुसार डेझरियाका अभिभावकले उनको निधनको पुष्टि गरेका छन् । उनीहरुले डेझरियाले आत्महत्या गरेको बताएका छन् । डेझरिया सामाजिक संजालमा निकै चर्चित थिइन् । टिकटकमा मात्रै उनका १.८ मिलियन फलोअर थिए । उनी इन्स्टाग्राम र युट्युबमा पनि निकै सक्रिय थिइन् । डेझरियाको मृत्युले उनका फ्यान शोकमा छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *