देश विदेश

पूर्वलडाकु भन्छन्ः माग पूरा भए ओली समूहको राजनीतिक लडाइमा ढाल बनेर उत्रन्छौं

शेयर गर्नुहोस्

तत्कालिन माओवादीले सरकार बिरुद्ध बिद्रोह सुरु गरेको दिनको अवसर पारेर नेकपाको ओली समुहले बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनमा आएका पूर्वलडाकुहरुको भेला बिहान बुटवलमा गरीयो । राष्ट्रिय जनमुक्ति सेना नेपाल केन्द्रिय समायोजन समिति अयोजक रहेको भनिएको भेलामा ओली सरकारका मन्त्रीहरु टोपबहादुर रायमाझी,मणी थापा,लेखराज भट्ट,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु सहभागी थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले केहीबेरमा बुटवलमा आमसभा गर्दैछ । सभालाइ सम्बोधन गर्न प्रम ओली भर्खरै बुटवल आएका छन । ओली समुहले बुटवल सभालाइ शक्ति प्रदर्शनकै रुपमा गर्न लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको भेला आन्दोलन नभइ आफनो पक्षमा भएको जनसमर्थन राष्ट्रलाइ देखाउन गरीएको बिहिबारै पत्रकार सम्मेलन गरेर बताइसकेका छन ।

बुटवलको शक्ति प्रदर्शनमा ४ सय बढी जनमुक्ति सेना पनि सहभागी हुने दावी यसअघि नै गरीएको छ । सोही दावी अनुरुप आमसभा अघि बुटवल स्थित आम्रपाली होटलमा बिहान भेला गराइ पूर्वलडाकुहरुले आफना माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने प्रतिबद्धता जनाए ।

भेलामा बोल्दै पुर्वलडाकु कमाण्डर दुर्गा चौधरीले तत्कालिन माओवादीले आफुहरुलाइ उपयोग मात्रै गरेकाले आफ्ना माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने भनाइ राखे । पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाइ प्रयोग मात्रै गरेको भन्दै उनले आफना केही माग पुरा भए ओली पक्षको राजनीतिक लडाइमा ढाल बनेर उत्रीने बताएका हुन । चौधरीले आफुहरुको रकम दाहालहरुले खाएको आरोप लगाउदै छानविन गर्न सरकारालाइ आग्रह गरेका थिए ।

केहि दिन अघि ओली नेतृतवको सरकारले पूर्वलडाकुहरुलाइ राहत र सम्मान गर्ने निर्णय गरेको थियो । सो निर्णयबाट आफुहरुमा आशा पलाएको र आत्मसम्मान महसुस भएको पुर्वलडाकुहरुको भनाइ छ । पुर्वलडाकु अजमतीले ओली सरकारले मात्रै आफुहरुलाइ खोजेको भन्दै सम्मान दिनेलाइ साथ दिने बताइन । पुर्व लडाकुहरुले सरकारले गरेको सम्बोधन संगै आफना थप केही मागहरु पनि पुरा हुनु पर्ने भनाइलाइ जोड दिएका थिए । उर्जामन्त्री टोपबहादुर रायमाझीले पूर्वलडाकुहरु जस्तै बिगतमा आफु पनि प्रयोग भएको भनाइ राखे । मुख्यमन्त्री शंकर पोखरेलले पूर्वलडाकुहरुका थप माग बारे अहिलेको सरकारल सुनुवाइ गर्ने आश्वासन दिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *