देश विदेश

प्रधानमन्त्री कप ब्याडमिन्टन : फाइनलमा एपीएफका प्रिन्स र दिपेशबीच प्रतिष्पर्धा हुने

शेयर गर्नुहोस्

चितवन । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा एपीएफ क्लबका प्रिन्स दाहाल र एपीएफ क्लबकै दिपेश धामीबीच प्रतिस्पर्धा हुने भएको छ ।

विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी दाहालले मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठलाई हराउँदै फाइनलमा पुगेका हुन् । दाहालले श्रेष्ठलाई २१–१२ र २१–१४ को सेटमा पराजीत गरेका थिए । थिए एपीएफ क्लबकै दिपेश धामीले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई पराजित गरेका हुन् । आज शनिबार भएको सेमीफाइनलमा धामीले श्रेष्ठलाई २१–१९ र २१–१९ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै, वुमन्स सिङ्गलतर्फ एपीएफकी जेसिका गुरुङले त्रिभुवन आर्मीकी आयुष्मा राईलाई २१–१७ र २१–१५ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन् । वुमन्स सिङ्गलतर्फको अर्को खेलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले त्रिभुवन आर्मीकै अमिता गिरीलाई २१–१३ र २१–१७ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन् । फाइनलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले एपीएफकी जेसिका गुरुङको सामना गर्नेछिन् । त्यसैगरी, गल्र्स अण्डर १७ मा पनि आर्मीकै रसिला महर्जन फाइनल प्रवेश गरेकी छिन् । महर्जनले पाल्पाकी दिया शाक्यलाई २१–२ र २१–५ को सेटमा हराउँदै फाइलनमा प्रवेश गरेकी हुन् । गल्र्स अण्डर १७ को अर्को सेमीफाइनल खेलमा कैलालीकी प्राथना देउवा फाइनलमा प्रवेश गरेकी छिन् । देउवाले मोरङकी रोज पाण्डेलाई २१–१२ र २१–१२ को सेटमा हराउँदै फइनल प्रवेश गरेकी हुन् ।

प्रतियोगितामा ब्याइज अण्डर १७ मा त्रिभुवन आर्मीका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बम फाइनल प्रवेश गरेका छन् । त्यसैगरी, मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहको फाइनलमा बुद्धि चौधरी र पुष्पा श्रेष्ठको जोडीले राजेन्द्र शाक्य र विष्णुलाल श्रेष्ठको सामना गर्ने भएका छन् । मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीले वीरेन्द्र सिंह र अनिल लाखेको जोडीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको मेन्स डबलतर्फ फाइनलमा त्रिभुवन आर्मीका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी तथा एपीएफका दिपेश सिंह धामी र गौतम कठायतको जोडी आमने सामने हुने भएको छ ।

त्यसैगरी, प्रतियोगिताको मेन्स डबल २० ¥याङ्किङका लागि त्रिभुवन आर्मीका पविन लिन्थेप र सुरोज महर्जनको जोडी र बुटवलका विश्वाश नेपाल र गणेश रायमाझीको जोडीबीच प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिए । शनिबार सेमीफाइलनका सबै खेलहरु सकिएका छन् । देशकै सबैभन्दा ठूलो धनराशिको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ को मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने मल्लले बताए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *