देश विदेश

विकासको सामाजिक जागरणस्वरूप ‘नयाँ विद्यालय सचेत अभियान’ घोषणा

शेयर गर्नुहोस्

काठमाडौं । शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेशनले विकासको सामाजिक जागरणस्वरूप ‘नयाँ विद्यालय सचेत अभियान’ घोषणा गरेको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर फाउण्डेशनले यस्तो घोषणा गरेको हो । फाउण्डेशनका अध्यक्ष दिपेन्द्र ढुंगाना र महासचिव शिवप्रसादअधिकारीको नाममा जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी सचेत नागरिकहरुले विकासको सामाजिक जागरण, नयाँ विद्यालय सचेत अभियानमार्फत विकासप्रति नेतृत्वहरुलाई उत्तरदायी र जिम्मेवारी बनाउँदै विकासको नयाँ सोच र चेतना नागरिकहरुमा अभिवृद्धि गर्दै हाम्रो देशलाई एउटा समृद्ध देशको रुपमा लैजान, गरिबी, बेरोजगारीका अन्त्य गर्न, गुणस्तरीय शिक्षाको विकास गर्न र विकासलाई उत्पादन, प्रविधि र विकासको सामाजिकीकरण लागि नयाँ विद्यालय सचेत अभियानको घोषणामार्फत सुरुवात गरिएको छ ।’

फाउण्डेशनले उक्त अभियानको उठानबाट देशमा विकासको नयाँ युग सुरुवात हुनेपनि विश्वास दिलाएको छ । साथै, नयाँ सोचको पनि विकास हुने पनि जनाईएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘सबैलाई विकासप्रति अनुशासन, सुशासन, उत्तरदायी र जिम्मेवारी बनाउनु यो अभियानको सामाजिक अभिप्राय भएकाले सम्पूर्ण नेतृत्वहरु, आम नागरिक, बुद्धिजिवी, सञ्चारकर्मी, पेशाकर्मी, उद्योगी, किसान, व्यवसायी, देश तथा विदेशमा रहेका युवा तथा विद्यार्थीहरु, महिला दिदि बहिनीहरु सबैलाई यो अभियानमा साथ र सहयोग र समर्थन गर्दै सहभागी हुनको लागि निम्ति हार्दिक अपिल गर्दछौं ।’

कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सामूदायिक विद्यालयको शैक्षिकस्तर सुधारको लागि विद्यालयका क्षमता विकास र तालिम तथा प्रविधि सञ्चालन गरिने जनाए । त्यस्तै, मासिक रुपमा ११ जना शिक्षकहरुलाई एक लाख पाँच हजार राशिको ‘शैक्षिक सुधार शिक्षक पुरस्कार’ प्रदान गरिने पनि उनले जनाए । राजनीतिक नेतृत्वलाई विकासप्रति जिम्मेवार र उत्तरदायी बनाउनको लागि आफूहरुको संस्थाले कार्यक्रम बनाएर अघि बढ्नेपनि उनले विश्वास दिलाए । उनले देशका ७ सय ५३ वटै स्थानीय सरकारसँग वार्षिक रुपमा न्यूनतम एक करोड युवा स्वरोजगार कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न माग गरिएको पनि जनाए ।

उनकाअनुसार स्रोत तथा साधन संकलन गरि रोजगारी अभिवृद्धि गर्ने र त्यसको लागि सरकार, संघ/संस्था, व्यवसायीहरुसँग सहकार्य गरिनेछ । उनले स्वरोजगार हुन चाहने युवाहरुलाई आफ्नो संस्थाले दश लाख रुपैयाँ उपलब्ध गराउने लक्ष्य पनि सुनाए । लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरेर युवाहरुलाई सहयोग पुर्याउने आफूहरूको योजना रहेको अध्यक्ष ढुंगानाले जनाए ।

त्यस्तै, महासचिव शिव प्रसाद अधिकारीले आफूहरुको अभियानको उठानबाट देशमा विकासको नयाँ युग सुरुवात हुने विश्वास दिलाए । साथै, नयाँ सोचको पनि विकास हुने पनि जनाईएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *