देश विदेश

संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन : सभामुख अधिकारी

शेयर गर्नुहोस्

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् । पत्रकार महासंघ गण्डकी प्रदेशको दोश्रो साधारण सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७२ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको दाबी गरेका हुन् । संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन्’, उनले भने, ‘राजनीतिक वा अन्य केहि अधिकार कति छ भन्ने कुरा हो भने अर्कै कुरा भयो ।’

उनले संविधान अनुसार चल्नु सबैको कर्तव्य भएकोसमेत बताए । सभामुख अधिकारीले संविधान भन्दा विपरित संसदले कानूनसमेत बनाउन नसक्ने बताए । साथै उनले पत्रकारहरुलाई संविधानको मूल मर्ममा रहेर पत्रकारिता गर्न आग्रह गरे । कसैलेपनि पित पत्रकारिता गर्न नहुने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई प्रयोग गर्ने वा तर्साउने काम नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे । राजनीतिक उद्धेश्य बोकेका राजनीतिक दलहरुले आफू अनुकुल पर्दा प्रयोग गर्ने र अनुकुल नहुँदा तर्साउने काम नगर्न उनको आग्रह थियो ।

उपाध्यक्ष पोखरेलले दलहरुको पौठेजोरीमा नागरिक पिल्सिने कामसमेत नगर्न दलहरुलाई सचेत गराए । उनले लोकतन्त्रको पक्षमा महासंघ सँधै उभिएको भन्दै अहिलेपनि त्यसमा दृढ रहेको बताए । अहिले अलोकतान्त्रिक र असंवैधानिक कदम भएकाले महासंघले विरोध गरेको उनले प्रष्ट्याए । उनले संघ तथा प्रदेशको कानून बनाउने प्रक्रियामाथि आफूहरुको असहमति रहेको र कतिपय प्रावधान प्रेस स्वतन्त्रता विपरित रहेकाले त्यसलाई सच्याउनसमेत आग्रह गरे ।

यसैबीच, पत्रकार महासंघ गण्डकी प्रदेशको साधारण सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवदन सर्वसम्मत पारित गरेको अध्यक्ष त्रिभूवन पौडेलले जानकारी दिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *