देश विदेश

किरात धर्म गुरुआमाको ६५औं जन्मोत्सव

शेयर गर्नुहोस्

माङसेबुङ–५ निजी निवासको रेखदेख, नियन्त्रण तथा पशुपक्षी पालन, कृषि औजार, खेतीपाती गृहाश्रम गुरुआमाको जिम्मेवारीमा र किरात धर्मको मठमन्दिर संगठन आदि धर्मशास्त्र मुन्धुमहरू धर्मगुरु आत्मानन्द लिङ्देनबाट संरक्षण रहँदै आयो। उनीहरूबाट ६ छोरा र ६ छोरीको जन्म भयो।

किरात धर्मकी गुरुआमा पवित्राहाङमा साँबा लिङ्देनको जन्म २०१३ फागुन ३ गते पूर्णिमा तिथिको शुभ एवं पुण्य पूर्णचन्द्रमाको दिन भएको हो। इलामको माङसेबुङ–५ मा पिता बृखध्वज साँबा र माता कौशिला साम्सुहाङ राई साँबाकी ज्येष्ठ सुपुत्रीका रूपमा उनको जन्म भयो। उनी सुब्बा–अमाली घरान लिम्बु कुलवंशकी भए पनि जाँडरक्सी मादक पदार्थ सेवन नगरेको स्पष्टताले धर्मको लक्षण भरिपूर्ण देखिन्छ।

जन्मसिद्ध आमाको दूध सेवन र शाकाहारी जीवन पद्धतिमा हुर्केकी उनको बाल्यकाल अद्भूत र अनौठो प्रकरणको थियो। किरात शास्त्रीय मुन्धुमले मनुष्य जाति सबै ‘माङसाहाङसा’ देवपुत्र–राजपुत्र वा पुत्री मान्छ। मानव जीवन ईश्वरको हंस, अंश, वंश सन्तान भएकाले देवज्ञान–देवविद्या तथा राजज्ञान–राजविधा ज्ञान मानव मात्रले पाइल्याएको तागेरानिङवाभूमाङको सतत वरदान हो। ईश्वरका सन्तानले ईश्वरको कर्म र राजाको सन्तानले राज्यको धर्म गर्ने नै विधिको विधान प्रकृतिको नियम दैनिक परम्परा संसारमा चलिआएको पाइन्छ।

पवित्राहाङमा बाल्यकालमै आत्मा, परमात्मा र अध्यात्मको अनुकम्पाले अन्य शिशुभन्दा भिन्न चरित्रकी कम बोल्ने, नरुने, शान्त स्वाभाव भएकी नम्रभाषी, शिष्टता, सभ्यताका ३२ सै लक्षण, ३६ गुणकी अष्टशील स्वभावकी थिइन्। उनको चालचलन बाल्यकालमै देवरूपी लक्ष्मी–सरस्वती, ईश्वरीय लक्षणहरूले भरिपूर्ण थियो। हत्याहिंसा, काटमारबाट टाढिएर परमात्मा परमेश्वर तागेरानिङवभूमाङको ध्यान, तपस्या, जपतप, ईश्वरीय भक्ति, सत्य, दया, शान्ति र अहिंसामा लागेकी पवित्राहाङमाको बाल्यकाल आध्यात्मिक–धार्मिक र भौतिकीय जीवनचक्रमै बित्यो।

गाई–भैंसी दुहुनु, वस्तुभाउलाई घाँसपानी खुवाउनु, घोडचढी गर्नु आदि गुण–क्षमताका कारण सानैदेखि गाउँघरमा उनको चर्चा परिचर्चा हुने गथ्र्यो। उनको चालचलन, व्यवहारमा मुहिगुमअङसिमाङको लक्षण, चेष्टा भएको भविष्यवाणी प्रारम्भ भयो। हुने बिरुवाको चिल्लोपात भनेझैं उनीमा बाल्यकालदेखि नै वैराग्यताले लगभग संन्यास उन्मुख, ब्रह्मचर्य समीपका लक्षणहरू देखिए।

छिमेकमा किरात मन्दिर चुकिचनाम्बामा सेवारत तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन रहेका माङहिममा उनी जाने–आउने गर्थिन्। एकपटक बालागुरु आत्मानन्द लिङ्देन र जौबारी कान्छा डिल्लीप्रसाद तुम्बापो कुम्भकर्ण हिमालयात्रा देवदर्शनार्थ गएका थिए। त्यतिबेला बालागुरुको देववाणी भएको थियो– यो लोकमा लक्ष्मीदेवी युमामाङ अवतार भएकी छन्, म उनैसँग मेरो सांसारिक दाम्पत्य जीवन प्रणय बन्धनमा बाँधिनेछु। यस भविष्यवाणी सिवाखाहुन ग्रन्थउपदेश मालामा उल्लेख छ।

यही देववाणीअनुरूप २०३२ माघ २२ गते वसन्त पञ्चमीको पुण्यतिथिमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनका साथ पवित्राहाङमा साँवा लिङ्देनको देवविवाह सम्पन्न भयो। यस शुभविवाह देवविवाहका रूपमा सम्पन्न हुँदाको अवसरमा तीन त्रिलोक, १८ भुवनका देवी–देवता देवगणको अदृश्यभाव दृश्य देखिएको पुजारी पुरोहितहरू बताउँथे। महागुरु फाल्गुनन्दको वाणीमा यसपटक म आमारूपी अवतारमा आएँ, अर्को जन्ममा पितारूपी अवतरण गरी सांसारिक जीवनमा हुँदा मलाई चिन्नु भन्नुभएझैं धर्मगुरु आत्मानन्द लिङ्देनले गुरुआमा पवित्राहाङमा साँवासँग देवविवाह गरी महागुरु फाल्गुनन्दको पुनः अवतार र भविष्यवाणी पूर्णातिपूर्ण भएको किरात धार्मिक वाङ्मयमा विश्वास गरिन्छ।

विवाहपछि उनीहरूले किरात धर्मका प्रायः मठ–मन्दिर माङहिम देवस्थलमा देव भ्रमण गरे। आम चेलाभुला, भक्तजन गाउँ–घर बस्ती–बस्तीमा घुमी घुमी धर्मप्रचार गरे। माङसेबुङ–५ निजी निवासको रेखदेख, नियन्त्रण तथा पशुपक्षी पालन, कृषि औजार, खेतीपाती गृहाश्रम गुरुआमाको जिम्मेवारीमा र किरात धर्मको मठमन्दिर संगठन आदि धर्मशास्त्र मुन्धुमहरू धर्मगुरु आत्मानन्द लिङ्देनबाट संरक्षण रहँदै आयो। उनीहरूबाट ६ छोरा र ६ छोरीको जन्म भयो। गुरुआमा भन्छिन्, ‘धर्मगुरु आत्मानन्दसँग देवविवाह नभएको भए म संन्यास नारी ब्रह्मचर्य व्रतमा रही कन्या स्त्रीको कन्या रूपमा देहत्याग गर्ने थिएँ। प्रतिज्ञावश, दैवलीला, ईश्वर इच्छाअनुरूप सांसारिक बन्धनमा बाँधिएर किरात धर्मदर्शनलाई पूरा गर्न आध्यात्मिक, भौतिक दुवै ज्ञान र विज्ञानमा जीवनरक्षा व्यवहार गरी सांसारिक जीवनयापन गर्ने पूर्वजन्मको फललीला हो।’

धर्मगुरुमाता पवित्रहाङमा साँवा लिङ्देलनको फागुन ३ गते ६५औं जन्मोत्सव सम्पन्न हुँदै छ। यस अवसरमा इलाम बाँझो, माङसेबुङ–५ मा कार्यक्रमको उद्घाटन गर्न प्रदेश सांसद आशारत्न जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न हुने समारोह पूर्ण सफलताको शुभकामना चढाउँदै गुरुआमाको दीर्घायु चिरञ्जीवीका लागि अगाध आस्था, श्रद्धा, भक्तिपूर्वक सेवारो समर्पण चढाउँछु।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *