देश विदेश

प्रधानन्यायाधीश र न्यायाधीशको मनोविज्ञान बुझ्दा संसद पुनर्स्थापना हुन्छ  : बिडारी

शेयर गर्नुहोस्

वासिंगटन डिसी। नेपालमा संसद पुनस्र्थापना हुने कि नहुने भन्नेबारे सर्वोच्च अदालतमा बहश चलिरहेका बेला नेकपा नेता तथा सांसद रामनारायण बिडारीले प्रधान न्यायाधीश र न्यायाधीशहरुको मनोविज्ञान पढ्दा संसद पुनर्स्थापना हुने दावी गरेका छन्।

डिसी नेपालको अमेरिकाबाट संचालित द ब्रिज टक शोमा अन्तर्वार्ता दिँदै नेपालको राजनीतिमा स्पष्ट वक्ता तथा खरो प्रस्तुति दिनसक्ने नेताको छवि बनाएका सांसद विडारीले आफैंलै सर्बोच्चमा बहस गरेको प्रसंग प्रस्तुत गर्दै ‘प्रधानन्यायाधीश र न्यायाधीशहरुको मनोबिज्ञान पढ्दा ,तर्क सुन्दा संसद पुनस्थापना हुँने पक्का भएको’ बताएका हुन्।

डिसी नेपालका अर्जुन दाहाल(नुन चिनी पानी) ले नेपालका नेताहरुमा नैतिकता हराएको गम्भीर आरोप लगाउँदै प्रश्न सोधेपछि शुरु भएको अन्तर्वार्ताका क्रममा सांसद विडारीले पछिल्ला दिनहरुमा नेताको नैतिकतामाथि यसरी प्रश्न उठ्ने अवस्था आउनुमा प्रधानमन्त्री ओली जिम्मेबार भएको तर्क गरेका थिए। उनले ओलीलाई ‘राजा बन्ने झल्को ल्याउने प्रयास गरेको’ आरोप पनि लगाए।

भ्रष्टाचारको प्रसंगमा पार्टी अध्यक्ष प्रचण्ड गरीब भएकाले भाडामा बस्नु परेको दावी गरे। ठेकेदारका घरमा बसेर प्रचण्डले भ्रष्टाचारमा सहयोग गरेको आरोप लाग्ने गरेकोबारे प्रश्न सोधिएको थियो। उनले भने, ‘के गर्नु हाम्रो अध्यक्ष गरीब हुनुहुन्छ, कहीं कतै त बस्नै प-याे।’

गाउँगाउँबाट गरिव जनतालाई बिभिन्न बाहनामा जनता भेला पारेर शक्ति प्रदर्शन किन गर्नु प-यो भन्ने प्रश्नमा उनले जनता स्वतः स्फूर्त आएका तर केपी ओलीको कार्यक्रममा भने राज्यको शक्ति खर्च गरेको राज्य संयन्त्र प्रयोग भएको कुरा उल्लेख गरेका छन्। उनले मांसाहारी आन्दोलन भन्नु प्रतिकात्मकमात्र भएको र ‘राज्य आइलागे आफूहरु जाइलाग्ने’ बताए।

राम कुमारी झाँक्रीले  राष्ट्रपति संस्थाप्रति आस्था छ मात्र भनेको दावी गर्दै उनले कुनै माफी नमागेको बताए। उनी पक्षीय नेताहरुमा पदलोलुपताका कारण संसदसमेत विगठन गर्नुपर्ने अवस्था आएको आरोपको खण्डन गर्दै उनले केपी ओलीले त्यस्ता बिषयलाई राम्रोसँग ह्यान्डिल गर्न नसकेको आरोप लगाए र त्यसैको परिणाम असंबैधानिक कदम उठाएको आरोप लगाए।

भ्रष्टाचारको प्रसंगमा पार्टी अध्यक्ष प्रचण्ड गरीब भएकाले भाडामा बस्नु परेको दावी गरे। ठेकेदारका घरमा बसेर प्रचण्डले भ्रष्टाचारमा सहयोग गरेको आरोप लाग्ने गरेकोबारे प्रश्न सोधिएको थियो। उनले भने, ‘के गर्नु हाम्रो अध्यक्ष गरीब हुनुहुन्छ, कहीं कतै त बस्नै पर्यो।’

भिडियाे


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *