देश विदेश

प्रभासको नयाँ फिल्म राधे श्यामको टिजर सार्वजनिक, रिलिज मिति पनि घोषणा

शेयर गर्नुहोस्

काठमाडौं। बाहुबली स्टार प्रभासको नयाँ फिल्म राधे श्यामको टिजर रिलिज भएको छ । फिल्ममा प्रभाससँगै पुजा हेगडे मुख्य भूमिकामा देखिँदैछिन् । फिल्म निर्माण टिमले भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मको टिजर रिलिज गरेका हुन् । फिल्मको ५२ सेकेण्डको टिजरसँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ ।

प्रभासले फिल्मको टिजर शेयर गर्दै लेखेका छन् ‘यो भ्यालेन्टाइन, आउनुहोस् हामी वर्षको सबेभन्दा ठूलो घोषणाको साथ प्रेमको उत्सव मनाऔं । राधे श्याम तपाइँहरुकहाँ थिएटरमा ३० जुलाइमा रिलिज हुनेछ ।’ पूजा र फिल्म निर्माण टिमका अन्य सदस्यले पनि टिजर शेयर गरेर यही क्याप्सन लेखेका छन् । निर्माण टिमले २ दिनअघि फिल्मको एक पोस्टर शेयर गरेर टिजर रिलिज गर्ने घोषणा गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *