देश विदेश

सम्बन्धबिच्छेद पछि दोस्रो बिवाह गर्दै अभिनेत्री दिया मिर्जा

शेयर गर्नुहोस्

बलिउड फिल्म उद्योगमा सम्बन्ध जोडिएको र तोडीएको खबर आइरहनु सामान्य जस्तै बनेको छ। यसैबीच केही समयअघि सम्बन्ध बिच्छेद गरेकी बलिउड अभिनेत्री दिया मिर्जा दोस्रो बिवाहको तयारिमा रहेकी छिन्।

व्यवसायी वैभव रेखी र दिया फ्रेबुअरी १५मा विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यममा समाचार आएको छ। वैभव र दियाका केही समयदेखि प्रेम सम्बन्ध रहेको सञ्चारमाध्यमले जनाएका छन्।

दियाको पहिलो विवाह सन् २०१४ मा साहिलसँग भएको थियो। उनीहरु विवाहको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए। त्यतिबेला दियाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले साहिलसँग सम्बन्धविच्छेद गरेको जानकारी गराएकी थिइन्।

उनको विवाहमा परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी हुने बताइएको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *