देश विदेश

प्रणय दिवसः संस्कृतिविद् भन्छन् ‘बहिस्कार गरौँ’

शेयर गर्नुहोस्

अंगे्रजी क्यालेन्डर अनुसार हरेक बर्षको फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । भ्यालेन्टाइन डे नेपालमा १०–१२ बर्ष यताको समयमा व्यापक रुपमा मनाउन थालिएको हो । यसलाई प्रणय दिवसको नाम दिएको छ । तर यो दिन प्रणय दिवस मान्नु गलत अभ्यास भइरहेको ठान्छन् संस्कृत विद् डा. गोविन्द टण्डन ।

टण्डनको भनाइ अनुसार भ्यालेन्टाइन डे पाश्चात्य संस्कृति भएकाले हाम्रो पूर्वीय संस्कृतिमाथि गलत प्रहार भइरहेको छ । टण्डन भन्छन् ‘एउटा गुलाबको पूmलको भरमा प्रेम साटिन्छ जुन फूल ओइलिन नपाई प्रेम सेलाउँछ । हामीले आफ्नो मूल्य मान्यता संस्कृतिलाई संकटमा पारेर अर्काको धर्मलाई अपनाइरहेका छौँ । जुन संस्कृतिको मान्यता हो उनीहरुलाई यो दिनले अर्थ राख्छ तर नेपालको सन्दर्भमा नकारात्मक असर परिरहेको छ । हाम्रा आमसंचारका माध्यमहरुले पनि भ्यालेन्टाइन डे भनेर प्रोत्साहन गर्नु गलत भएको छ । ससाना बालबालिकाहरुको मस्तिष्तकमा पनि भ्यालेन्टाइन डेको मिति कण्ठ छ तर मातातीर्थ औँसीको तिथि बिर्सिएका छन् ।’

‘आज रोमान्टिक डे भनेर युवायुवतीहरु रात्री क्लव जाने गर्छन् जसले हामीलाई मादक पदार्थ प्रयोग गर्न प्रोत्साहन गरिराखेको छ । भड्किलो रमाइलोले गर्दा हामीलाई खर्चालु बनाइराखेको छ । यस्तो खाले प्रवृत्ति हाम्रो संस्कारभित्र पर्दैन । पश्चिमी संस्कृतिले आत्मीय प्रेम गर्दैन त्यो संसारिक प्रेम हो त्यो प्रेम भनेको युवा युवतीमा मात्र सीमित हुन्छ त्यसैले ती मुलुकहरुमा सम्बन्ध विच्छेदको दर उच्च छ । त्यहाँ सामान्य नागरिकदेखि उच्च ओहदाका व्यक्तिहरुको विवाह र सम्बन्धविच्छेदको घटना बढ्दो छ । यस्ले हाम्रो संस्कृतिमा नकारात्मक असर पारेको छ त्यसैले यस्ता कुराहरुलाई बहिस्कार गर्नु पर्छ ।’

‘पूर्वीय मान्यता अनुसारको विवाह, प्रेम धार्मिक संस्कार अनुसार हुन्छ त्यसैले आत्मीयता र दीर्घकालीन सम्बन्ध हुन्छ । तर, पश्चिमी मुलुकमा आफ्नो मनपरी तरिकाबाट सम्बन्ध स्थापित हुने भएकाले त्यो क्षणिकतामा परिणत भएको धेरै उदाहरण छन् ।’

भ्यालेन्टाइन डे को सुरुवात कसरी भयो ?

रोमका शासक राजा क्लोडियसले आफ्नो देशका सैनिकहरुलाई विवाह र प्रेम गर्न प्रतिबन्ध लगाए । उनको मान्यता थियो, जब पे्रम र विवाह गरिन्छ पुरुषको विवेक र शक्ति नष्ट हुन्छ । तर, भ्यालेन्टाइनले शासक क्लोडियसको निर्णयको विरोध गरे । उनले सबैलाई प्रेम र विवाह गर्नका लागि प्रेरित गरे । यही क्रममा धेरै सैनिकहरुले विवाह गरे । जब क्लोडियसको मान्यता विपरित भ्यालेन्टाइनले अरुलाई विवाह र प्रेम गर्न प्रेरित गरे उनलाई राजा क्लोडियसले सन् २६९ फेब्रुअरी १४ मा फाँसी दिए । यही दिनलाई भ्यालेन्टाइनको सम्झनामा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *