देश विदेश

सलमान र शाहरुख एउटै फिल्ममा, फिल्म यही वर्ष आउँदै

शेयर गर्नुहोस्

काठमाडौं। बलिउड सुपरस्टारहरु सलमान खान र शाहरुख खान एउटै फिल्ममा देखिने भएका छन् । यो फिल्म २०२१ मै रिलिज हुने बताइएको छ । शाहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहने फिल्म पठानमा सलमान खानको पनि अहम भूमिका हुनेछ । यो फिल्ममा शाहरुख र दीपिका जासुसको भूमिकामा हुनेछन् । यो फिल्ममा सलमान आफ्नो प्रसिद्ध जासुस रोल ‘टाइगर’को भूमिकामा देखिँदैछन् ।

सलमानले बिग बोस सिजन १४ पूरा गरेसँगै पठानको सुटिङ सुरु गर्नेछन् । यशराज फिल्मसको ब्यानरमा बनिरहेको पठानको निर्देशन ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले गर्दैछन् । यो २०१८ मा आएको फिल्म ‘जिरो’ पछि शाहरुखको पहिलो फिल्म हुनेछ । बिग बोसको विकेण्डका वारमा सलमानले यसको पुष्टि गरेका हुन् । सलमानले २०२१ मा टाइगर फ्रेन्चाइजको अर्को फिल्मसँगै ‘कभी ईद कभी दीवाली’को सुटिङ गर्नेछन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *