देश विदेश

महिला राष्ट्रिय हक्कीको उपाधि सेनालाई

शेयर गर्नुहोस्

महेन्द्रनगर । तेस्रो स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई पराजित गर्दै आर्मी क्लबले उपाधि जितेको हो । फाइनलको पहिलो हाफमा आर्मी क्लबलाई दबाबमा राखेको सुदूरपश्चिमले दोस्रो हाफमा आर्मीको टोलीले आफ्नो दबाब बढाएको थियो ।

आर्मीका लागि निलिमा पाण्डेयले दुई गोल गरेकी थिइन । घरेलु दर्शकको साथ पाए पनि सुदूरपश्चिमले गोल गर्न सकेन । प्रतियोगिताको उपाधि बिजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कृत गरे । नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा भएको प्रतियोगिताको उपाधि विजेता आर्मी क्लब रु ५० हजार नगदसहित सम्मानीत भएको छ भने उपविजेता सुदूरपश्चिम रु ३० हजार नगदसहित पुरस्कृत भएको छ । चार वटा प्रदेश र विभागीयतर्फ आर्मी क्बल सहभागी रहेको हक्की प्रतियोगितामा वेष्ट स्कोररमा आर्मीका निलिमा पाण्डेय घोषित भए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *