देश विदेश

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

शेयर गर्नुहोस्

काठमाडौं। सातोको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा ९० हजार २ सय० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। आइतबार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *