देश विदेश

आगमी वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हासिल हुने – प्रधानमन्त्री ओली

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षमा मुलुकको आर्थिक वृद्धि १० प्रतिशत हुने दाबी गरेका छन्।  पुननिर्माण पछिको प्रधानमन्त्री कार्यलय उद्घघाटनपछि आफ्नो तीन वर्षे कार्यकालको समीक्षाबारे धारणा राख्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने वातावरण बनेको बताएका हुन्।

आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष त्योभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको उनले बताए।

यस्तै प्रधानमन्त्रीले कोभिड–१९ संकट नेपालमा तुलनात्मक रुपमा कम परेको बताए।  उनले नसोचेको महामारी एकाएक आइलाग्दा विश्वका धेरै मुलुकले ठूलो आर्थिक नोक्सानी बेहोरेको तर, नेपाल सरकारको सुझवुझ र नीतिगत स्पष्टताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको दाबी गरे।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *