देश विदेश

ओली नेतृत्वको सरकारले तीन वर्षमा गरेका उपलब्धिहरू (पूर्णपाठ)

शेयर गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले तीन वर्षको अवधिमा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका छन्। विभिन्न सार्वजनिक कार्यक्रममार्फत सरकारले गरेका कामहरुलाई निरन्तर रुपमा प्रस्तुत गर्दै आएका प्रधानमन्त्री ओलीले सोमबार सिंहदरबारबाटै तीन वर्षको अवधिमा सरकारले भौतिक पूर्वाधार तथा सुशासनसहितका क्षेत्रमा महत्वपूर्ण उपलब्धि गरेको लामो सूची सार्वजनिक गरेका हुन्।

उनले कर्मचारी समायोजनमा महत्वपूर्ण उपलब्धि हासिल गरेकोदेखि भ्रष्टाचार नियन्त्रणमा सरकार सफल भएकोसम्मको विषयको चर्चा गरेका थिए। आफू नेतृत्वको सरकारले औसतमा साढे ५ प्रतिशतको आर्थिक वृद्धि गरेको ओलीको भनाई छ। उनले नेपालको मानव विकास सूचकांकमा पनि उपलब्धि हासिल भएको बताए। यस्तै, भूकम्पपछिको पुनःनिर्माणमा सरकारले अधिकांश संरचनाहरु निर्माण गरिसकेको ओलीको भनाई छ।

आलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधिमा देशका १३० वटा तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गरेको बताए। उनले रेलमार्ग, मोनोरेल, मेट्रो रेलको समेत काम भइरहेको उल्लेख गरे। यही ३ वर्षको अवधिमा देश लोडसेडिङ मुक्त भएको ओलीको भनाई छ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशानको क्षेत्रमा समेत उल्लेख्ख्य प्रगति भएको जिकिर गरे।

सम्बोधनका क्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षाका लागि चुनावमा जानुपरेको बताए। उनले आफ्नै सहकर्मीले काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशका लागि जनतासमक्ष जानुपरेको बताए। करिब दुई तिहाईको सरकारलाई काम गर्न नदिइएपछि जनताकाबीचमा जानुको विकल्प नरहेको ओलीको भनाई छ। उनले आफूलाई जनतासमक्ष गरेका बाचाहरु पूरा गर्न नदिइएको समेत दाबी गरे।

सरकारले तीन वर्षमा गरेका उपलब्धिहरु पढ्न यहाँ क्लिक गर्नुहोस्।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *