देश विदेश

फाइजरको सर्भर ह्याक गर्ने किम जोङ उनको प्रयास

शेयर गर्नुहोस्

काठमाडौं। उत्तर कोरियाले कोभिड–१९ भ्याक्सिन विकास गरेको कम्पनी फाइजरको सर्भरमा ह्याक गर्ने प्रयास गरेको दावी गरिएको छ । फाइजरले विकास गरेको भ्याक्सिनको विवरण चोरी गर्नको लागि ह्याक गर्न खोजिएको बताइएको छ । आज दक्षिण कोरियाका सांसदहरुले देशको इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै किम जोंग उनको सरकारले अमेरिकी कम्पनी फाइजरको सर्भर ह्याक गर्न खोजेको बताएका छन् ।

द सनको रिपोर्टअनुसार दक्षिण कोरियाली सांसद हा ताइ केउङले भने ‘सिओलको नेशनल इन्टेलिजेन्स सर्भिसले हामीलाई उत्तर कोरियाले कोभिड भ्याक्सिन र उपचारसम्बन्धी पद्धति फाइजरको सर्भरमा ह्याक गरेर प्राप्त गर्न खोजेको ब्रिफिङ गरेको छ ।’ उत्तर कोरिया गएको जनवरीदेखि नै लकडाउनमा छ । सर्वोच्च नेता किम जोङ उनले देशमा कुनै पनि कोरोना केस नभेटिएको बताएका छन् तर बाहिरी विज्ञहरुले यो कुरामा शंका गर्छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *