देश विदेश

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु

शेयर गर्नुहोस्

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार बिहान ठूलो सडक दुर्घटना भएको छ। सतना जाँदै गरेको यात्रु बस नहरमा खसेको हो।

दुर्घटनामा हालसम्म कम्तिमा ३८ जनाको शव बाहिर निकालिएको छ। भने ११ यात्रुलाई उद्धार गरिएको छ। बसमा करीव ६० जना यात्रुहरू थिए।

सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

यद्यपी बसमा सवार अन्यको खोजीकार्य जारी छ। मृत्यु हुनेको संख्या बढी हुन सक्ने आशंका व्यक्त गरिएको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *