देश विदेश

जिम्बाबेमा लकडाउनको अवधि थप

शेयर गर्नुहोस्

फागुन ४, हरारे । कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताउनु भयो ।उहाँका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो ।

राष्ट्रपति मनङ्गवाले देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेक्रम नरोकिएकाले लकडाउन आवश्यक परेको बताउनुभयो । व्यापार व्यवसाय गर्ने समय भने बढाइएको छ । दैनिक सातदेखि नौ घण्टासम्म व्यापार व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । रातिको समयमा भने कफ्र्यु नै लगाइएको छ । लकडाउनको समयमा विद्यालयहरु भने पूर्ण रुपमा बन्द हुने पनि राष्ट्रपति मनङ्गवाले जानकारी दिनुभयो ।

त्यसैगरी अन्तर शहर र अन्तर प्रान्तस्तरीय भ्रमण पनि बन्द गराइएको छ भने भोजभतेर र भिडभाड पनि गर्न नपाइनेको व्यवस्था गरिएको छ । सबै गतिविधि गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड तथा निर्देशिकाअनुसार गर्न पनि सरकारले आह्वान गरेको छ ।

जिम्बाबेमा गत आइतबार एक दिनमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो भने ६८ जना सङ्क्रमित भएका थिए । अधिकारीहरुकाअनुसार जिम्बाबेमा अहिलेसम्म झण्डै एक हजार ४०० जनाको मृत्यु भएको छ भने ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सिन्ह्वा

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *