देश विदेश

महिला लिग फुटबल : चन्द्रपुर नगरपालिका विजयी

शेयर गर्नुहोस्

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ । चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एक एक गोल गरिन् । यस्तै चौदण्डीका लागि सान्त्वना गोल मनिता तामाङले गरिन् । पहिलो हाफको इन्जुरी समयमा थोकरले पहिलो गोल गरेकी हुन् ।

यस्तै खेलको ६६ औँ मिनेटमा चन्द्रपुरका लागि रानाले अर्को गोल गरिन् । खेलको ६८ औँ मिनेटमा चौदण्डीकी तामाङले गोल गरिन् । जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अङ्क जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौँ स्थानमा छ । चौदण्डीको यो लगातार ११ औँ हार हो । चौदण्डी लिगको तालिकामा अङ्कविहीन अवस्थामा छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *