देश विदेश

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एक साताभित्र दोस्रोपटक वृद्धि

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अघिल्लो बुधबार मात्र पेट्रोल, डिजल तथा मट्टीतेलमा २ रुपैयाँ मूल्य बढाएको निगमले फेरि आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर रु ११४, डिजल र मट्टीतेलको रु ९७ तथा हवाई इन्धनको मूल्य ६७ बनाएको छ । एलपी ग्याँसको मूल्य भने यतावत् रहेको छ । ग्याँसको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ । मूल्य समायोजन पश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *