देश विदेश

अग्रिम भुक्तानी दिएर भारतसँग २० लाख डोज ‘कोभिसिल्ड’ खोप खरिद गरिने

शेयर गर्नुहोस्

काठमाडौं । सरकारले अग्रिम भुक्तानी दिएर भारतसँग कोरोना भाइरसविरुद्धको २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको ‘कोभिसिल्ड’ खोप सिरम इन्स्टिच्यूटसँग एक डोजको ४ डलरमा अग्रिम भुक्तानी दिएर खरिद गर्ने निर्णय गरेको हो । यसअघि २० लाख डोज खोपमा सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सिरमले सबै पैसा भुक्तानी भएपछि मात्र खोप दिने बताएको थियो । खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान रहेकाले अग्रिम भुक्तानी दिएर खरिदका लागि बाटो खुला भएको छ ।

सरकारले खोप आएपछि समुदायमाका ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने तयारी गरेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *