देश विदेश

श्रीलङ्का पुर्‍याएर मानिस बेचेको आरोपमा एक जना पक्राउ

शेयर गर्नुहोस्

काठमाडौँ । श्रीलङ्का पु¥याई मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलङ्का पु¥याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यहाँको मिनुवाङ्गोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलङ्काको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलङ्कास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन ।

उक्त घटनामा संलग्न रही फरार अभियुक्त प्याकुरेललाई प्रहरीले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ । अभियुक्तविरुद्ध आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *