देश विदेश

बम बनाउन सिक्दै गर्दा अचानक विष्फोट, ३० जनाको मृत्यु

शेयर गर्नुहोस्

काठमाडौं। अफगानिस्तानको एक मस्जिदमा बम बनाउने कक्षा चलिरहेका बेला अचानक विष्फोट हुँदा ३० जना तालिबानी लडाकुहरु मारिएका छन् । डेलीमेलको रिपोर्टअनुसार अफगान नेशनल आर्मीले एक बयान जारी गर्दै यसको जानकारी दिएको हो । जानकारीअनुसार मारिएका लडाकुहरुमध्ये ६ जना विदेशी नागरिक थिए । यो दुर्घटना शनिबार बिहान भएको थियो ।

खामा प्रेस न्यूज एजेन्सीको रिपोर्टअनुसार दौलताबादको कुलतक गाउँको मस्जिदमा तालिबानी लडाकुहरुलाई बम र आइइडी बनाउने प्रशिक्षण दिइँदै थियो । अफगान नेशनल आर्मीका अनुसार विष्फोट निकै भीषण थियो र शव निकै क्षतिग्रस्त भएका छन् । शव क्षतविक्षत भएका कारण मारिएका विदेशीको पहिचान हुन सकेको छैन ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *