देश विदेश

स्थानीय उत्पादनको बजारीकरण गर्दै सहकारी

शेयर गर्नुहोस्

दुल्लु । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको छ। सहकारी संस्थाले २०७७ साउनदेखि कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण शुरु गर्न थालेको हो।

बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेका फलफूल, तरकारी, भटसमासलगायत जैविक वस्तुलाई बजारीकरण गरी स्थानीयस्तरका कृषकको आम्दानी बढाउन थालेको सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले बताए। ‘‘हामीले पहिलो चरणमा दुग्ध विकास कार्यक्रम सञ्चालनमा ल्यायौं । कृषकबाट दूध प्रतिलिटर ६० रूपैयाँले खरीद गरी प्रदेश राजधानी सुर्खेतमा पठाउने गरेका छौँ, भटमास, केराउ, तरकारीसमेत निर्यात गछौँ’’, अध्यक्ष रावतले भने।

सहकारीमा ५० जना कृषकले दूध बिक्री गर्ने गर्दछन् । सहकारीले दूध मात्रै नभई स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली, फलफूललगायतका कृषिजन्य वस्तुको बजारको बजारीकरण गरेको स्थानीयवासी बताउँछन्। सहकारीले बोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रशोधन उद्योग सञ्चालनमा ल्याउने तयारीसमेत थालेको छ। सहरकारीले नै स्थानीय उत्पादनको बजारीकरण गर्न थालेपछि कृषकले आफू उत्पादित वस्तु बिक्री हुँदैनन् कि भन्ने चिन्ता हटेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए।

सहकारी नाफामुखी नभई सेवामूलक भएकाले किसानलाई बचत तथा ऋणमा मात्रै नभई आयआर्जन क्रियाकलापमा पनि सरिक गराइएको छ। किसानलाई अनुदान, प्रोत्साहन र तालीमजस्ता क्रियाकलापमा पनि संलग्न गराइने बताउँदै स्थानीय, प्रदेश र सङ्घ सरकारले सडक, कृषबस्तु सङ्कलन केन्द्र स्थापनाका लागि स्थानीय सरकार लागिपरेको प्रमुख शाहीको भनाइ छ। सहकारीले सरकार, बजार र किसानबीच पुलको काम गरी नागरिकलाई आयआर्जन र व्यवसायमा सहज ल्याउन भूमिका खेल्ने संस्थाका सचिव रवीन्द्र कँडेलले बताए।

सहकारीले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशु सेवा कार्यालयबाट रु एक करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रु ३० लाख र सहकारीको रु ३० लाख गरी रु एक करोड ६० लाखमा एक सय जना कृषकलाई भैँसी वितरण गरेको छ।

एक जना कृषक बराबर रु एक लाख रकमको भैँसी वितरण गरिएको संस्थाका व्यवस्थापक चीनबहादुर खत्रीले जानकारी दिए। कृषकले स्थानीयस्तरमा उत्पादन गरेका चिजबस्तु आफ्नै गाडीमा निर्यात हुन्छ, उनले भने,“चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ ।” सहकारीले बाँझो जमीन भाडामा लिएर कृषक र कृषि प्राविधिक जमीनमार्फत उत्पादनमा जोड्ने लक्ष्य रहेको छ।

उद्योग सञ्चालन हुँदा स्थानीयवासीले रोजगारी पाउने छन्। यसले गर्दा रोजगारीका लागि भारत जानुपर्ने वाध्यतामा कमी आउने उनको भनाइ छ। सहकारीले थालेको यो अभियानमा कृषक पनि निकै उत्साहित बनेका छन्।

सहकारीले कृषकले उत्पादन गरेका बस्तुको बजार व्यवस्थापन गरिदिए अधिकांश कृषकले व्यावसायिक रुपमा कृषितिर लाग्ने पौडेलको बुझाइ छ । पौडेल मात्र होइनन् चामुण्डाबिन्द्रासैनी–३ का तिलक तिमिल्सिनाले दूध बिक्रीबाट मासिक रु नौ हजार कमाउने गरेको जानकारी दिए।रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *