देश विदेश

भागरथी हत्या आरोपितलाई पाँच दिन हिरासतमा राख्न अनुमति, उमेर पत्ता लगाउन वडा र स्कुलमा प्रहरीको पत्राचार

शेयर गर्नुहोस्

काठमाडौं । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीले डिसी नेपाललाई बताए।

भट्टको हत्यामा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले बुधबार नै दिनेशलाई सार्वजनिक गरेको थियो । डीएसपी अधिकारीका अनुसार आरोपित किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर प्रहरीले उमेर पत्ता लगाउन वडा र स्कुलमा पत्राचार गरिसकेको छ।

‘हामीले वडा र स्कुलमा चिठी लेखेका छौँ, विवरण भोलिसम्म आउँछ।’,उनले भने।,

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *