देश विदेश

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो : अब ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म तिर्नुपर्ने

शेयर गर्नुहोस्

बुधबारदेखि चिकित्सकले बिरामी जाँच गरेबापत लिने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले बिरामी जाँच गरेबापत लिन पाउने परार्मश शुल्क बढाएको जनाएका हुन्। विज्ञप्तिमा संघ र अफिनको मंगलबार बसेको संयुक्त बैठकल आजदेखि लागू हुनेगरी शुल्क बढाएको उल्लेख छ।

वृद्धि गरिएको शुल्कमा पाँच वर्षसम्म अनुभव भएका एमबीबीएस/बीडीएस गरेका चिकित्सकले ३ सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले ४ सय ५० रुपैयाँ लिन सक्नेछन्। एमबीबीएस/बीडीएस पास गरेर डिप्लोमा तालिम लिएका ५ वर्षभन्दा कम अनुभव भएकाले चिकित्सकले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्न लिन पाउनेछन्।

यस्तै, एमडी/एमएस/एमडीएस चिकित्सकको हकमा ५ वर्षसम्म अनुभव भएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउनेछन्। डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षसम्म अनुभव भएकाले ७७० रुपैयाँसम्म लिन पाउनेछन्।

यस्तै, डीएम/एमसीएच गरेर ५ वर्षभन्दा धेरै अनुवभ भएका चिकित्सकले ८२५ र एमडी/एमसएमडीएस गरेर १० वर्षभन्दा धेरै अनुभव भएका चिकित्सकले बिरामी जाँच गरेबापत ८ सय २५ रुपैयाँसम्म लिन पाउनेछन्।

यस्तै, निजी क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अफिसरको तलब न्यूनतम ४२ हजार रुपैयाँ पुर्‍याउने निर्णय पनि दुवै संस्थाले गरेका छन्। उनीहरुले नयाँ निर्णय कार्यन्वयन गराउन सबै चिकित्सक, स्वास्थ्य संस्था र अस्पतालाई अनुरोध समेत गरेका छन्।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालले बुधबार संयुक्त रूपमा जारी गरेका प्रेस विज्ञप्तिः

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *