देश विदेश

त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रचण्ड-नेपाल समूहको आपत्ति

शेयर गर्नुहोस्

फागुन ५, काठमाडौँ । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको भिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले आपत्ति जनाएको छ । बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कड़ा विरोध गरेको हो ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहेका विप्लव देवले तत्कालिन भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री श्री अमित शाहले नेपाल लगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए ।

‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कड़ा विरोध गर्दछ।’ विज्ञप्तिमा भनिएको छ,’नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यस प्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छन्ने र नकारात्मक असर पुन्याउने भएकाले भारत सरकार र श्री अमित शाहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ ।’

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *