देश विदेश

नेप्से ९.९४ अंकले बढ्यो

शेयर गर्नुहोस्

फागुन ५, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से ९.९४ अंकले बढेको छ । आज ९.९४ अंक अर्थात ०.३८ प्रतिशतले बढेर २६११.४५ अंकमा रोकिएको हो । २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर किनबेच भएर ८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १२ उपसमुह मध्ये पाँचको सूचक सकारात्मक देखिएका छन् भने ७ उपसमुहको सूचक नकारात्मक देखिएका छन् ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रचर बैंक शिर्षस्थानमा रहेको छ । कारोबार खुले देखिनै निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको बैंकको शेयर यस दिन ६९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नविल बैंकको ४१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै ग्लोवल आइएमई बैंक, नेपाल बैंक, नेको इन्स्योरेन्स, प्रभु बैंक, सिद्धार्थ बैंक र कुमारी बैंक लगायतको उच्च कारोबार भएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *