देश विदेश

प्रधानमन्त्रीसँग जापानी राजदूतको बिदाइ भेट

शेयर गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन् । राजदूत साइगो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुङ्गा सुरुङलगायतका विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नुभएको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका थिए ।

आगामी दिनमा यी दुई घनिष्ट मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे । त्यस्तै राजदूत साइगोले आफ्नो कार्य अवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *