२४ घण्टामा १२५ जना कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति ?
फागुन ४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरसका संक्रमित दुई लाख ७३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार ३ सय ९४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या शुन्य छ । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ रहेका मन्त्रालयले जनाएको छन् ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया