देश विदेश

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

शेयर गर्नुहोस्

गुल्मी । गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप बीच बाटैमा दुर्घटना भएको र जिप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

उनका अनुसार दुर्घटनामा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । घाइते भएका ६ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । दुर्घटनामा परेको  जिपमा ११ जना सवार थिए । तर १ जना दर्घट्ना हुनुभन्दा पहिले नै जिपबाट ओर्लेका थिए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *