देश विदेश

नेपाली विज्ञ डा. मोहन डाँगी अमेरिका सरकारको सल्लाहकार

शेयर गर्नुहोस्

काठमाडौं। एक नेपाली विशेषज्ञले अमेरिका सरकारको सल्लाहकारजस्तो प्रतिष्ठित जिम्मेवारी पाएका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, फ्रेस्नोमा प्राध्यापक रहेका डा. डाँगी अब आगामी अगष्टदेखि १ वर्षसम्म अमेरिका सरकारको सल्लाहकारको रुपमा राजधानी वाशिङटन डिसीमा रहनेछन् । जेफरसन साइन्स फेलोसिप अन्तर्गत विज्ञ सल्लाहकारको रुपमा छानिएका डा. डाँगीले यो अवधिमा अमेरिकाको तर्फबाट विदेश नीति निर्माणको जिम्मेवारी पाएका अधिकारीहरुलाई सल्लाह दिनेछन् ।

फ्रेस्नोमा डिपार्टमेन्ट अफ जियोग्राफी एण्ड सिटी एण्ड रिजनल प्लानिङमा प्राध्यापक रहेका डाँगी अमेरिकाभरीबाट छानिएका १४ जना विज्ञ प्राध्यापकमध्येका एक हुन् । उनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) मा सल्लाहकारको रुपमा काम गर्नेछन् । फ्रेस्नो स्टेट न्यूजका अनुसार डाँगीले अन्तर्राष्ट्रिय मामिलामा शीर्ष नीति निर्माण तहमा पाएको यो जिम्मेवारीले आफूलाई वातावरणीय नीति निर्माण र वातावरण प्रदूषणका विषयमा नयाँ खोज गर्न र वातावरण संरक्षणका नयाँ उपाय पहिल्याउन सघाउने बताएका छन् ।

डाँगी विकासशील देशहरुमा उत्पादनको स्रोतमा प्रदूषण प्रवाहका विशेषताहरु पहिचानका लागि गरेको कामका लागि अन्तर्राष्ट्रिय रुपमा परिचित छन् । यसबाहेक उनी पाठ्यक्रम विकास विज्ञ पनि हुन् । फ्रेस्नो स्टेटमा उनले ६ पाठ्यक्रमहरु विकास गरेका छन् । यसअघि उनले नेपालमा इन्जिनियरिङ र नवीकरणीय ऊर्जा सम्बन्धी पाठ्यक्रम पनि विकास गरेका छन् । उनले नेपालबाहिर पनि विभिन्न विषयहरु अध्ययन गरेका छन् ।

डाँगीले आफ्नो कामको लागि यति ठूलो पहिचान पाएको यो पहिलो पटक भने होइन । उनी यसअघि फुलब्राइट स्पेसियालिस्ट अवार्ड पाएका फुलब्राइट युएस स्कोलर अल्टरनेट पनि हुन् । उनले कोलेम्यान फेलोसिप पनि पाएका छन् । उनले नेपालमा रहँदा पनि सन् २००५ मा राजाबाट गोल्ड मेडल र २००४ मा राष्ट्रिय वर्ष विद्यार्थीको उपाधि पनि जितेका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *